काठमाडौं – मौसममा मनसुनी वायुको प्रभावका कारण आज प्रदेश १, प्रदेश २ र बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर बदली रही धेरै स्थानमा हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ ।

हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको जानकारी दिँदै महाशाखाले अहिले देशका अधिकांस भू–भागमा बदली रही प्रदेश १, प्रदेश २, बागमाती, गण्डकी र लुम्बिनी प्रदेशका केही जिल्लामा पानी परिरहेको जानकारी दिएको छ । भोलि देशभर बदली रही धेरै स्थानमा पानी पर्ने छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

भोलि राति सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुने सम्भावना छ । त्यस्तै शुक्रबार देशभर बदली रही धेरै स्थानमा वर्षा हुने छ । प्रदेश १, बागमती, कर्णाली र सुदूर पश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ ।