काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ८३ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा २४ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ हजार ७ सय १८ जनाको नमुना परीक्षण भएको थियो ।


पछिल्लो २४ घण्टामा १ हजार ९ सय ९४ जना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ९ सय ४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ६ सय १३, भक्तपुरमा १ सय १४ र ललितपुरमा १ सय ७७ जनामा कोरोना पुष्टि भएको हो ।

यससँगै देशभर कोरोना सङ्क्रमितको कुल संख्या पीसीआर परीक्षणमा ७ लाख २ हजार ९७ र एन्टिजेन परीक्षणमा ६३ हजार ७ सय १८ पुगेको छ । जसमध्ये ६ लाख ६० हजार १ सय १६ जना सङ्क्रमणमुक्त भएका छन् भने ९ हजार ९ सय २२ जनाको मृत्यु भएको छ । हाल देशभर ३२ हजार ५९ जना सक्रिय सङ्क्रमित रहेका छन् ।