काठमाडौं – जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोनाभाइरसको संक्रमण बढ्दै गएकोले निषेधाज्ञा र स्वास्थ्य मापदण्डको पालना गर्न अनुरोध गरेको छ । आज प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले सूचना जारी गर्दै निषेधाज्ञा र स्वास्थ्य मापदण्डको उल्लङ्घन गर्नेलाई कारबाही गर्ने चेतावनी दिएका हुन् ।

’कोभिड–१९ को सङ्क्रमणदर अझ उच्च हुन गई तेस्रो लहर आउन सक्ने सम्भावना देखिएकोले स्वास्थ्य मापदण्डविपरीत यस्ता गतिविधि नगर्न÷नगराउन सबै पक्षलाई सूचित गरिन्छ,’जारी सूचनामा भनिएको छ,’ जारी निषेधाज्ञा र स्वास्थ्य मापदण्डको उल्लङ्घन गरी गतिविधि गरे गराइएको पाइएमा प्रचलित कानून बमोजिम कडा कारबाही हुने व्यहोरा समेत सूचित गरिन्छ ।’
कार्यालयले पछिल्ला केही दिनदेखि काठमाडौं उपत्यका लगायतका जिल्लामा कोरोना भाइरसको सङ्क्रमण दर उच्च भएको हुँदा अस्पतालमा भेन्टिलेटर, आइसियू र आकस्मिक सेवाका बेडमा बिरामीको चाप बढ्दै गएको प्रशासनले जनाएको छ ।

पछिल्लो समय थपिएको निषेधाज्ञा भोलि बुधबार सकिँदैछ । तर निषेधाज्ञा जारी अवधिमै भीडभाडजन्य क्रियाकलाप गर्ने, विभिन्न सभा, सम्मेलन, धर्ना, जुलुस, गोष्ठी, ¥यालीलगायत हुने गरेको छ ।

May be an image of text