काठमाडौं – कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल वीर अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा.जागेश्वर गौतमको सरुवा भएको छ । उहाँलाई प्रसुती तथा स्त्रीरोग अस्पताल सरुवामा पठाइएको छ भने युनिफाइड केन्द्रीय अस्पतालमा डा. भुपेन्द्र बस्नेतलाई पठाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलले जानकारी दिनुभएको छ ।
यसअघि स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सोमबार गरेको सरुवालाई स्वास्थ्यमन्त्रीको जिम्मेवारी सम्हाल्नु भएका प्रधानमन्त्री शेबहादुर देउवाले रोक्नुभएको थियो । राज्यमन्त्री श्रेष्ठले डा. गौतमलाई प्रसुती तथा स्त्रीरोग अस्पताल सरुवा गरेरे युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारीमा ट्रमा सेन्टरका डा. रुद्र मरासिनीलाई पठाएका थिए । तर अहिले डा. भुपेन्द्र बस्नेतलाई पठाइएको छ ।