काठमाडौं – सत्ता गठबन्धन दलहरुको बैठकले न्युनतम साझा कार्यक्रम आज साँझसम्ममा तयार गर्ने अपेक्षा गरिएको छ । आजै बिहान प्रधानमन्त्री निवास बालुवाटरमा बसेको कार्यदलको बैठकले आज साँझसम्ममा न्युनतम साझा कार्यक्रम तयार गर्ने कार्यदलका एक सदस्यले बताएका छन् ।


प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बिहान बसको बैठकमा गठबन्धन सरकारको साझा कार्यक्रमको मस्यौदामाथि छलफल भएको थियो । कार्यदलका सदस्यसचिव केशव जोशीका अनुसार सरकारको न्यूनतम साझा कार्यक्रम आज साँझसम्ममा टुङ्गो लगाउने छ ।
कार्यदलले तयार पारेको प्रतिवेदन गठबन्धन दलका शीर्ष नेताहरुलाई बुझाएपछि सार्वजनिक गरिने बताइएको छ ।

कार्यदलको प्रतिवेदनपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुने काङ्ग्रेस महामन्त्री एवं कार्यदलका संयोजक पूर्णबहादुर खड्काले जानकारी दिए । काङ्ग्रेस महामन्त्री खड्का संयोजकत्वको कार्यदलमा कांग्रेसबाट डा. मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट देव गुरुङ र वर्षमान पुन तथा जनता समाजवादी पार्टीबाट राजेन्द्र श्रेष्ठ र महेन्द्र राय यादव सदस्य हरेका छन् ।