काठमाडौं– एमाले नेतृ एवं सांसद् रामकुमारी झाँक्रीले केपी ओली नेतृत्वको सरकारले गरेका जनविरोधी निर्णयलाई वर्तमान सरकारले खारेज गर्दै सच्याउनु गर्नुपर्ने बताउनु भएको छ । आज प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा सांसद् झाँक्रीले उक्त धारणा व्यक्त गर्नुभएको हो ।

मङ्गलबार आज प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद झाँक्रीले ‘सरकारले संविधानलाई ट्रयाकमा राख्न र सही बाटोमा हिँडाउने मात्रै दायित्व बोकेको छैन । यसले पूर्ववर्ती ओली सरकारले गरेको जनविरोधी निर्णयहरुलाई खारेजी गर्ने जिम्मेवारी पनि बोक्नुपर्छ’ भन्नुभएको छ ।

प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सांसद झाँक्रीले जनविरोधी निर्णयको एउटा उदाहरण झापाको हदबन्दी बन्दा बढी विक्री गर्ने सरकारले निर्णय भएको बताउनु भयो । सांसद झाँक्रीले ओली सरकारले गरेको उक्त निर्णय खारेजीको माग गर्दै झापाबाट एक प्रतिनिधि मण्डल नै काठमाडौं आएको भन्दै सो जनविरोधी निर्णत खारेज गर्न सरकारसँग माग गर्नुभएको छ । सोही क्रममा बोल्दै एमाले सांसद झाँक्रीले दार्चुला जिल्लामा भारतीय सुरक्षा बल एसएसबीले मानिस गैरहेको तु्इनको तार काटेर नेपाली नागरिकको हत्या गरेको भन्दै सो घटनाबारेमा छिटोभन्दा छिटो सत्य तथ्य जानकारी गराउन पनि सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।