काठमाडौं – प्रतिनिधिसभाको बैठक नयाँ बानेस्वरस्थित संसद् भवनमा आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ । जसमा प्रधानमन्त्री शेरबहादुर देउवाले मुस्लिम आयोगको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पेश गर्ने भएका छन् । त्यस्तै पूर्वसांसद अकबरबहादुर बहादुर सिंहको निधनमा शोक प्रस्ताव पारित गर्नेछ । सिंहको यही साउन १५ गते ९० वर्षको उमेरमा निधन भएको थियो ।