काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा ३ हजार १ सय २५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ८ सय ११ जनाको नमुना परीक्षण गर्दा ३ हजार १ सय २५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार एन्टिजेन विधिबाट ३ हजार १ सय ९८ र पीसीआर विधिबाट १० हजार ६ सय १३ जनाको नमुना परीक्षण गर्दा एन्टिजेन विधिबाट ८ सय ६४ र पीसीआर विधिबाट २ हजार २ सय ७९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर १ हजार ९ सय २५ जना सङ्क्रमण मुक्त भएर घर फर्किएका छन् भने २३ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म सङ्क्रमितको कुल संख्या पीसीआरबाट ६ लाख ९९ हजार ६ सय ४९ पुगेको छ भने एन्टिजेनबाट ६२ हजार ७ सय ८३ पुगेको छ । यस्तै सङ्क्रमितमध्ये ६ लाख ५८ हजार १ सय २२ जना निको भएका छन् ।

हालसम्म मृतकको कुल संख्या ९ हजार ८ सय ९८ हुँदा निको हुने दर ९४.१ प्रतिशत रहेको छ । अर्थात हाल देशभर सक्रिय सङ्क्रमितको संख्या ३१ हजार ६ सय २९ रहेको छ । सक्रिय सङ्क्रमितमध्ये ६ सय ९० जना आईसीयू र १ सय ७५ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । यस्तै २८ हजार ४ सय ५ जना होम आइसोलेशनमै हुँदा ३ हजार २ सय २४ जना भने संस्थागत आईसोलेशनमा रहेका छन् ।