काठमाडौं – सत्तारुढ गठबन्धनको बैठकपछि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको बेला सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु प्रधानमन्त्री निवास बालुवाटारमा छलफलमा जुटेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवासहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल सुरु भएको हो । आजै सत्तारुढ गठबन्धनको कार्यदलको बैठक बसेको थियो ।