काडमाडौं– वीर अस्पतालको प्रमुख प्रशासकीय अधिकारीमा डा. रुद्र मरासिनीलाई नियुक्त गरिएको छ । स्वास्थ्य मन्त्रालयले सोमबार मन्त्रिस्तरीय निर्णय गर्दै ट्रमा सेन्टरका अर्थोपेडिक डा.मरासिनीलाई प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त गरेको हो ।
डा. गौतमले आन्दोलनरत कर्मचारीको मागका विषयमा छलफल गर्न लागेको समयमा प्रहरी प्रशासन बोलाएर स्वास्थ्यकर्मी तथा कर्मचारी कुटाएको आरोप लगाइएको थियो । यस्तै आन्दोलनरत कर्मचारीले उहाँको राजिनामा माग गरिरहेका छन्।

वीर अस्पतालको प्रमुख प्रशासकीय अधिकारीमा प्रा. डा. जागेश्वर गौतम रहदैं आउनुभएको थियो । अब उहाँलाई थापाथलिस्थित परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालमा सरुवा गर्दै उहाँको ठाउँमा डा. मरासिनीलाई नियुक्त गरिएको हो ।