काठमाडौं – स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी सेवा सुविधा नलिने घोषणा गर्नुभएको छ । उहाँले आज आफ्नो १०० दिने कार्ययोजना सार्वजनिक गर्दै सुरक्षाकर्मी बाहेक आवास, गाडी र तलबभत्ता नलिने घोषणा गर्नुभएको हो ।
उहाँले मन्त्री पदमा रहुञ्जेल आफू संग्लग्न रहेको व्यावसायिक संस्थाबाट अलग हुने पनि बताउनुभयो । शिक्षा, स्वास्थ्य, हाइड्रो लगायतमा लगानी गर्नुभएका श्रेष्ठलाई प्रधानमन्त्री शेरबहादुर देउवाले १० साउनमा स्वास्थ्य राज्यमन्त्री नियुक्त गर्नुभएको थियो ।