काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमा आज सत्ता पक्षीय कार्यदलको बैठक बसेको छ । बैठकमा काङ्ग्रेस, माओवादी केन्द्र तथा जनता समाजवादीका नेताहरू सहभागी छन् । आजको बैठकमा सरकारका साझा न्यूनतम कार्यक्रमबारे छलफल भएको छ ।

गठबन्धनले नेपाली काङ््ग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा कार्यदल बनाएको थियो । कार्यदलमा काङ्ग्रेसबाट मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ, जनता समाजवादीबाट महेन्द्र राय यादव र राजेन्द्र श्रेष्ठ सदस्य छन् ।