काठमाडौं – नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको स्थायी समितिको बैठक स्थगित भएको छ । तयारी नपुगेको भन्दै बैठक स्थगित भएको हो । यसअघि हिजो बसेको स्थायी समितिको बैठकले आज दिउँसो तीन बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्ने तय गरेको थियो ।

आजको बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीका बारेमा निर्णय गर्ने बताइएको थियो । अहिले सरकारमा माओवादीका तर्फबाट दुई जना मन्त्री छन् । सत्ता गठबन्धनले मन्त्रालयको भागबण्डाका सम्बन्धमा निर्णय गरिनसकेकाले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको छ ।