काठमाडौं – नेकपा एमालेको स्थायी कमिटी बैठकले नेकपा एमालेलाई एकतावद्ध बनाएर लैजान गर्नुपर्ने सबै प्रयासहरु गर्ने भएको छ । आज ललितपुरस्थित तुलसीलाल प्रतिष्ठानमा बसेको एमाले स्थायी कमिटी बैठकले उक्त निर्णय गरेको पार्टी महासचिव ईश्वर पोखरेलले जानकारी दिनुभयो ।

उहाँले जेठ २ लाई टाइमलाइन अनुसार नै एमालेलाई एकतावद्ध बनाएर लैजान सकिने र त्यसमा असन्तुष्ट पक्षहरू पनि आउने विश्वास व्यक्त गर्नुभयो । ‘हामी एमालेलाई एकतावद्ध बनाउन चाहान्छौँ । उन्नत तहको एकताका लागि जे गर्न सकिन्छ त्यो गर्ने हो’, महासचिव पोखरेलको भनाई छ । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो राजनीतिक अवस्था र पार्टीभित्रको एकता प्रयासबारे जानकारी गराउनुभएको छ ।