काठमाडौं – मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ५ सय ६८ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १२ हजार ६ सय ३६ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ९ सय ८१ जना र एन्टिजेन विधिबाट ५ सय ८७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप २ हजार २० जना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । नेपालमा कूल सङ्क्रमितमध्ये ६ लाख ५६ हजार १ सय ९७ जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९४.१ प्रतिशत रहेको छ । हाल सक्रिय सङ्क्रमितमध्ये २८ हजार ६३ जना होमआइसोलेसनमा, ३ हजार २ सय ३५ जना संस्थागत आइसोलेसनमा, ६ सय ७७ जना आईसीयूमा र १ सय ६९ जना भेन्टिलेटरमा उपचाररत छन् ।

पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा ९ हजार ८ सय ७५ जनाको मृत्यु भइसकेको छ । नेपालमा मृत्यु हुने दर १.५ प्रतिशत रहेको छ ।