काठमाडौं – नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय, पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले साउन ३० गतेभित्र वडा समितिहरु गठन गर्न निर्देशन दिएको छ । स्थायी समिति बैठकले साउन २० गते तोकिएको बैठकलाई साउन ३० गतेलाई सार्ने निर्णय गरेको हो । साथै ३० साउनभित्र पार्टीको वडा समितिहरु गठन गरेर अद्यावधिक विवरण सम्बन्धित समितिबाट लिएर आउन निर्देशन दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

बैठकले साउन ३० गतेभित्र देशभरका सबै वडामा समिति गठन गरेर त्यसको रिपोर्ट ल्याउन केन्द्रीय समिति सदस्यहरुलाई निर्देशन समेत दिएको छ । त्यस्तै बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे समेत छलफल भएको बताइएको छ ।