काठमाडौं – नेकपा माओवादी केन्द्रले स्थायी समितिको बैठक बोलाएको छ । बैठक अहिले बिहान ११ बजेपछि माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । नेता श्रेष्ठका अनुसार आजको बैठकमा साउन २० गतेदेखि बस्ने केन्द्रीय समिति बैठकको एजेण्डा तय गर्नेछ । साथै बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे समेत छलफल हुने नेताहरुले बताएका छन् ।