काठमाडौं – नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले परीक्षा दिनुअघि विद्यार्थीलाई कोरोनाविरुद्धको खोपको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । नेविसङ्घले कक्षा १२ को परीक्षा नजिकिएकाले सबै परीक्षार्थीलाई खोप लगाउन माग गरेको हो ।

आगामी साउन ३१ गतेदेखि शुरु हुने कक्षा १२ को परीक्षामा ४ लाख विद्यार्थी सहभागी हुँदैछन् । नेविसङ्घका महामन्त्री बलदेव तिमल्सिनाले परीक्षा दिनुअघि विद्यार्थीको निःशुल्क कोरोना परीक्षण गर्न र कोरोना सङ्क्रमण भई परीक्षा दिन नसक्ने भए विद्यार्थीलाई दोस्रो चरणमा परीक्षा दिन पाउने व्यवस्था गर्नुपर्ने बताउनुभयो । नेविसङ्घले परिक्षा केन्द्र बढाएर परीक्षा सञ्चालन गराउन पनि माग गरेको छ ।