काठमाडौं – नेकपा एमाले स्थायी कमिटीको बैठक आज बस्ने भएको छ । हिजो ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बोलाइएको बैठक आज बस्ने गरी स्थगित गरिएको थियो । केही बेर सामान्य छलफलपछि एकताको पहलका लागि भन्दै आज दिउँसो ३ बजे बस्ने गरी बैठक स्थगित गरिएको एमाले नेता सुवासचन्द्र नेम्वाङले जानकारी दिनुभयो ।

शनिबारै एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा विघटित कार्यदल सदस्यहरुको बैठक बसेको थियो । बैठकमा भएको छलफलको बारेमा नेम्वाङले स्थायी कमिटी सदस्यहरुलाई ‘ब्रिफिङ’ गर्नुभएको थियो । सिंहदरबारको छलफलमा विघटित कार्यदलमा रहेका नेताहरुले पार्टी एकतालाई छिटो टुङ्ग्याउनुपर्नेमा जोड दिएका थिए ।