काठमाडौं – आज देशभर बदली रही धेरै स्थानमा वर्षा हुने छ । कर्णाली, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज राति प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

अहिले देशभर सामान्य बदली रही प्रदेश १ का केही र बाँकी प्रदेशका एक–दुई स्थानमा पानी परिरहेको छ । भोलि देशभर बदली रही धेरै स्थानमा पानी पर्ने छ । प्रदेश १, बागमती, गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै मंगलबार पनि देशभर बदली रही धेरै भू–भागमा पानी पर्ने छ भने प्रदेश १ बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने छ । आगामी २४ घण्टामा प्रदेश १, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुने भएकाले पहिरो जाने तथा नदीनालामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क रहन महाशाखाको अनुरोध छ ।