काठमाडौं – नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । विघटित एकता कार्यदल बैठकको आग्रहपछि आइतबार बस्ने गरी स्थायी कमिटी बैठक स्थगित भएको हो । कार्यदलको बैठकले पार्टी एकताका लागि समझदारी जुटाउन स्थायी कमिटी बैठक स्थगित गर्न आग्रह गरेको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिनुभयो ।

स्थायी कमिटी बैठक आज दिउँसो ४ बजेका लागि बोलाइएको थियो । त्यसअघि विघटित कार्यदलको बैठक नेकपा एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको थियो । बैठकमा नेताहरूले पार्टीमा थप क्षति पुग्ने निष्कर्ष निकाल्दै पार्टी एकतालाई छिटो टुङ्ग्याउनुपर्नेमा जोड दिएका छन् ।