काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ बीच भेटवार्ता भएको छ । देउवालाई भेट्न प्रचण्ड आज बिहान बालुवाटार पुग्नुभएको हो । उहाँहरुबीच करिब आधा घण्टासम्म भएको छलफलमा मन्त्रिपरिषद् विस्तार तथा समसामयिक विषयमा कुराकानी भएको बताइएको छ ।

देउवा प्रधानमन्त्रीमा नियुक्त भएको दुई हप्ताभन्दा बढी समय भइसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन । अहिले मन्त्रिपरिषद्मा माओवादीका दुई र काङ्ग्रेसका एक राज्यमन्त्रीसहित तीन मन्त्री छन् । गठबन्धनका दलहरूले मन्त्रालय भागवण्डा टुङ्ग्याएर मन्त्रीको नाम दिन नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको छ ।