काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीमा कुनै ठाउँ नभएको बताउनु भएको छ । आज काठमाडौं जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्दै उहाँले नेता नेपाललाई अपराधीको सङ्ज्ञा दिनुभएको हो । एमाले अध्यक्ष ओलीले नेता नेपाललाई ’देशद्रोही’को आरोप पनि लगाउनुभयो ।

ओलीले भन्नुभयो –“बाटो बिराएको साथीहरु मुख्यमुख्य अपराधीहरु बाहेक अब माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाउँ छैन ।” उहाँले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका सांसद्हरुलाई प्रतिक्रियावादीको मतियार बनेको आरोप समेत लगाउनुभयो ।

ओलीले विश्वासको मत दिनेहरु बाहेक पार्टी एकताका लागि नेताहरुसँग छलफल गरिरहेको बताउँदै अरु गल्ति महशुस गरेर फर्किए पार्टीमा ठाउँ दिने र पार्टीमा नआउने छुट्दै जानेछन् भन्नुभयो । ओलीले अबको निर्वाचनमा आफूले बहुमत ल्याउने समेत जिकिर गर्नुभयो ।