काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीको बैठक बोलाउनुभएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार आज दिउँसो ३ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बैठक बस्ने भएको हो ।

आजको बैठकमा तीन विषयमा छलफल हुने तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार केन्द्रीय विभागहरूको पूर्णता, विधान महाधिवेशनको तयारी एवं पार्टी सदस्यता नवीकरण र वितरणका बारेमा बैठकमा छलफल हुनेछ ।