काठमाडौं – ‘मदन पुरस्कार–२०७७’ का लागि नौवटा पुस्तक छनोट भएका छन् । मदन पुरस्कार गुठीले कुल २ सय २२ पुस्तकमध्ये नौवटा पुस्तकलाई पुरस्कारका लागि छनोट गरेको जनाएको छ ।

गिरी श्रीस मगरको एकलब्यको देब्रे हात, कृष्ण अविरलको करिया, कुमार नगरकोटीको कल्प ग्रन्थ, वैरवबहादुर थापाको नृत्याक्षर विज्ञान, प्रभा बरालको फिलिङ्गो, लेखनाथ क्षेत्रीको फुलाङ्गे, केशव दाहालको मोक्षभूमि, जेशन कुँवरको रमिते र भगिराज इङनामको लिम्बुवान्को ऐतिहासिक दस्ताबेज सङ्ग्रह छनोट सूचीमा परेका छन् ।