काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर ३ हजार ६ सय ११ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोही अवधिमा २७ जनाको मृत्यु भएको जनाएको छ ।

मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १ हजार ८ सय १६ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर कोरोना सङ्क्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ६ लाख ९३ हजार १ सय ९ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा ६० हजार ५ सय २४ जना पुगेको छ । यस्तै हालसम्म कुल सङ्क्रमितमध्ये ६ लाख ५२ हजार २ सय ६१ पुगेको छ ।

हालसम्म मृतकको संख्या ९ हजार ८ सय ३४ पुगेको मन्त्रालयले जानकारी दिएको छ । हाल कोरोना निको हुने दर ९४.१ प्रतिशत रहेको छ । यसैगरी पछिल्लो २४ घण्टामा १४ हजार ६ सय ६१ जनाको परीक्षण भएको थियो ।