काठमाडौं – एमाले संस्थापन पक्षले असन्तुष्ट पक्षका नेता माधवकुमार नेपाललाई फकाउन अझै प्रयत्न गरिरहेको छ । यसैक्रमा पूर्वप्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना विश्वासपात्र पूर्वअर्थमन्त्री एव पार्टीका उप–महासचिव विष्णु पौडेललाई नेता नेपाललाई भेट्न पठाएका थिए । उप—महासचिव पौडेल वरिष्ठ नेता नेपाललाई भेट्न नेपाल निवास कोटेश्वर पुगेका थिए ।


हिजो बिहीबार पनि अध्यक्ष ओलीले नेपाललाई फकाउन आफ्ना विश्वासपात्र एवं एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङलाई पठाएका थिए । नेता नेपाललाई भेटेर पार्टी एकताको प्रस्ताव गरेता पनि एमालेको एकता जटिल अवस्थामा पुगेको छ । ओलीले आफुले गरेको कुनैपनि सांगठनिक निर्णय गर्न नमान्दा एमालेको आन्तरिक विवाद चुलिंंदै गएको छ ।