काठमाडौं – त्रिभुवन विश्वविद्यालयले मानविकी तथा सामाजिक शास्त्र सङ्कायअन्तर्गत स्नातकोत्तर तहमा ‘सुशासन तथा भ्रष्टाचार निवारण’ विषयको अध्यापन गराउने भएको छ । यहि आर्थिक वर्षदेखि स्नातकोत्तर तहमा सुशासन तथा भ्रष्टाचार निवारण विषयको अध्यापन गराउन लागिएको हो ।

त्रिभुवन विश्वविद्यालयले आगामी भदौ १६ गतेदेखि पढाइ सुरु गर्ने भएको छ । सेमेष्टर प्रणालीमा पठनपाठन हुने दुई वर्षे कार्यक्रमका लागि एक लाख ७३ रुपैयाँ लाग्ने कार्यक्रम संयोजक डा.योगेश रञ्जितले जानकारी दिनुभयो ।

विश्वमा नभएको अन्तर्राष्ट्रियस्तरको पढाइलाई ध्यान दिएर अगाडि बढ्न आवश्यक छ भन्दै मानविकी सङ्कायकी डिन डा.कुसुम शाक्यले नेपालमा यस विषयको पढाइले समाज परिवर्तनका लगि महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।