काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ६५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार २ सय ४२ जनाको नमुना परीक्षण गर्दा ३ हजार ३ सय ६५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको हो । यस्तै सोही अवधिमा १६ जनाको मृत्यु भएको छ भने १ हजार ३ सय ७३ जना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् ।

यससँगै देशभर कोरोना सङ्क्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ६ लाख ९० हजार ६ सय ४२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ५९ हजार ३ सय ८० जना पुगेको छ । हालसम्म देशभर सङ्क्रमितमध्ये ६ लाख ५० हजार ४ सय ४५ जना निको भएका छन् भने मृतकको कुल संख्या ९ हजार ८ सय ७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ८ सय ६० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ५ सय ९७, भक्तपुरमा १ सय ८ र ललितपुरमा १ सय ५५ जनामा कोरोना पुष्टि भएको हो ।