काठमाडौं— माओवादी केन्द्रले कारवाही गरेर पार्टीबाट निष्काशित सांसद तथा एमालेका नेताहरुले सांसद पदमा पुनर्बहाली गराई पाउँ भन्दै सर्वोच्च अदालतमा दायर भएको रिटमाथि आज सुनुवाइ हुन सकेन । माओवादी केन्द्रले आफुहरुलाई कारवाही गरी सांसद पद नै खारेज गरेको भन्दै हिजो बुधबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उक्त रिटको सुनुवाइ आज गर्न न्यायाधीश दीपककुमार कार्कीको बेच्न नै तोकिएको थियो । तर हेर्न उक्त रिट हेर्न नभ्याइने सूचीमा परेको छ । कायम गराई कामकाज गराई पाउँ भन्दै दायर गरिएको पूर्व माओवादी नेताहरुको रिट आज हेर्न नभ्याइने सूचीमा परेको छ । न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासमा परेको रिट आज हेर्न नभ्याइने सूचीमा परेको हो ।

नेकपा एमालेमा प्रवेश गरेको भन्दै पार्टी सदस्यबाट बर्खास्त गर्दै सांसद पदसमेत नरहने गरी माओवादी केन्द्रले कारवाही गरेपछि टोप बहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, गौरीशङ्कर चौधरीले हिजो बुधबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए । उनीहरुले आफूहरु नेकपा एमाले प्रवेश नगरेको र हालसम्म पनि माओवादी केन्द्रकै नेता रहेको भन्दै सांसद पद कायम राख्न माग गर्दै उनीहरु सर्वोच्च अदालतलाई गुहार्न पुगेको हुन् बिहीबार न्यायाधीश दीपककुमार कार्कीको इजलासमा पेसी सूचीमा चढेपनि लागूऔषधको मुद्दाको सुनुवाइका कारण एमाले नेताहरुले माओवादी हौं भन्दै दायर गरेको रिटमाथि समय अभावका कारण हेर्न नभ्याइने सूचीमा परेको हो ।