काठमाडौं – प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आज पनि बस्दै छ । बैठक दिउँसो २ बजेपछि पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बोलाइएको छ । बैठकमा आगामी १४ औं महाधिवेशनको विषयमा छलफल हुने काङ्ग्रेसका एक नेताले जानकारी दिनुभयो ।

नेपाली काङ्ग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको हिजो बसेको बैठकले क्रियाशील सदस्यता सम्बन्धमा केही नमिलेको भए थप मिलाएर ल्याउन एक दिनको समय दिएको थियो । सो समय आज बिहीबार दिउँसो सकिंदै छ । क्रियाशील सदस्यताको विवादका कारण काङ्ग्रेसको आगामी महाधिवेशन निर्धारित भदौ १६ मा नहुने निश्चित भइसकेको छ ।