काठमाडौं – काठमाडौं महानगरपालिकाभित्र कोरोनाविरुद्धको खोप लगाउन छुटेकालाई आज भेरोसेलको खोप लगाइने भएको छ । काठमाडौं महानगरपालिकाले पहिले मात्रा खोप लगाउन छुटेका ५० वर्ष वा सोभन्दा माथिका सबैलाई खोप दिन लागेको हो ।

महानगरले हिजो एक सूचना जारी गर्दै जनस्वास्थ्य कार्यालयको पत्रअनुसार आज खोप कार्यक्रम सञ्चालन हुने बताएको छ । खोप लगाउन जाँदा नागरिकतालगायत परिचय खुल्ने प्रमाणपत्र साथमा राख्न महानगरले अनुरोध गरेको छ । खोप कार्यक्रम बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुने छ । महानगरले प्रत्येक वडामा खोप केन्द्र सञ्चालन हुने जनाएको छ ।