काठमाडौं – आज देशभर बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, प्रदेश २, बाग्मती, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थानमा भने भारी वर्षाको सम्भावना छ ।

अहिले अधिकांश भू–भागमा बदली भइरहेको तथा गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा पानी परिरहेको महाशाखाले जानकारी दिएको छ । भोलि पनि देशभर बदली रही धेरै स्थानमा पानी पर्ने सम्भावना रहेको छ । प्रदेश १, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भने भारी वर्षा हुन सक्ने जल तथा मौसम विज्ञान महाशाखाले जनाएको छ ।

त्यस्तै शनिबार देशभर बदली रहनेछ भने धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश २, बागमती र सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थानमा भने भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ । आगामी २४ घण्टामा प्रदेश १, प्रदेश २, बाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने छ । जसका कारण पहिरो तथा गेग्रान बहाव एवं नदीनालामा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।