काठमाडौं – एमाले नेता तथा उपाध्यक्ष भीम रावलले नेपालको संविधान, कानुन, राष्ट्रिय हित र स्वाधीनता विपरीतका प्रावधान नहटाई एमसीसीसँगको सम्झौता अनुमोदन गर्नु राष्ट्रघाती काम हुने उल्लेख गर्नुभएको छ ।

एमसिसी सम्झौताले देश उपनिवेशकरणतर्फ धकेलिने पनि उहाँको दाबी छ । उहाँले सत्तारुढ नेपाली काङ्ग्रेसलाई यस्तो काम नगर्न चेतावनी पनि दिनुभएको छ । नेता रावलका अनुसार प्रतिनिधि सभा पुनःस्थापनाका लागि भएको गठबन्धनमा एमसीसी पारितबारे कुनै पनि कुरा उल्लेख नभएको स्पस्ट छ ।

उहाँले सामाजिक सञ्जालमा ट्वीट गर्दै लेख्नुभएको छ– नेपालको संविधान, कानून, राष्ट्रिय हित र स्वाधीनता विपरीतका प्रावधान नहटाई एमसीसीसंगको सम्झौता अनुमोदन गर्नु राष्ट्रघाती काम हुनेछ । देश उपनिवेशकरणतर्फ धकेलिनेछ । यस्तो काम सरकार र पार्टीले नगरून् । यसबारे प्रतिनिधिसभा पुर्नःस्थापनाका लागि भएको गठबन्धनमा पनि कुनै कुरा नभएको हेक्का रहोस् ।