काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा एमालेको असन्तुष्ट समूह तत्काल सहभागी नहुने भएको छ ।
आज बसेको गठबन्धन दलहरुको बैठकमा सहभागी एमाले असन्तुष्ट पक्षका नेता डा. विजय पौडेलले आफूहरु तत्काल सरकारमा जाने अवस्था नरहेको जानकारी गराउनु भएको हो ।


पछिल्लो समय आन्तरिक विवादमा मुछिएको नेकपा एमाले पार्टी एकताको सुत्रको खोजीमा रुमलिंदै आएको छ । आज भएको गठबन्धन दलहरुको बैठकमा सहभागी नेताका नेता पौडेलले अहिले पार्टी एकताको प्रयासमा रहेकाले तत्काल सरकारमा सहभागी हुने अवस्था नरहेको धारणा व्यक्त गर्नु भएको हो ।


यता जनता समाजवादी पार्टी भने सरकारमा जाने भएको छ । जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षले पाए पछि उपेन्द्र यादवको नेतृत्वमा सरकारमा जाने भएको हो ।