काठमाडौं – शिक्षा तथा स्वास्थ्य समिति संसद्ले कक्षा १२ का ४ लाख हाराहारी विद्यार्थीलाई कोरोना विरूद्धको खोप लगाउन सुझाव दिएको छ । आज बुधबार कक्षा १२ लगायत अन्य परीक्षा सञ्चालन र स्वास्थ्य मापदण्डबारे भएको छलफलमा समिति सभापति जयकुमारी घर्तीले कक्षा १२ को परीक्षा सहज रूपमा सञ्चालन गर्न खोपका लागि पहल गर्ने उल्लेख गर्नुभयो ।

शिक्षा तथा स्वास्थ्य समितिको बैठकले यही साउन ३१ देखि कक्षा १२ को परीक्षा सञ्चालन गर्न लागिएको सन्दर्भमा सम्भव भएसम्म विद्यार्थीलाई खोप लगाउन पहल गर्ने र परीक्षा दिन छुटेका विद्यार्थीलाई पुनः परीक्षा दिने ब्यवस्था गर्न निर्देशन दिएको हो ।