काठमाडौं – नेकपा माओवादीको आज बस्ने भनिएको स्थायी समिति बैठक स्थगित भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सत्ता गठबन्धनको बैठकमा व्यस्त हुनुपर्ने भएकाले आजको बैठक स्थगित भएको माओवादी केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।

यसअघि हिजो मङ्गलबार बसेको बैठकले आज ३ बजे पुनः बैठक बस्ने र माओवादीका तर्फबाट मन्त्री बन्ने नेताहरुको नाम टुङ्गो लगाउने निर्णय गरेको थियो ।

आज बिहान बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले मन्त्री छान्ने जिम्मा दलका शीर्ष नेतालाई दिने सहमति गरेपछि प्रधानमन्त्री देउवाले मन्त्रीहरुको नाम छिटो पेश गर्न गठबन्धनका नेताहरुलाई आग्रह गर्नुभएको छ ।