काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता पक्षीय गठबन्धनको बैठक बस्दै छ । आज बिहान ९ बजे बस्ने बैठकमा मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल हुने बताइएको छ ।

अहिले मन्त्रिपरिषद्मा माओवादीका दुई र काङ्ग्रेसका एक राज्यमन्त्रीसहति तीन मन्त्री छन् । त्यस्तै बैठकमा राजनीतिक नियुक्तिबारे पनि छलफल हुने बताइएको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरूको सहभागीता हुने भएको छ ।

हिजो बसेको मन्त्रिपरिषद्को बैठकले लुम्बिनी र गण्डकी प्रदेशका प्रदेश प्रमुखमा क्रमशः अमिक शेरचन र पृथ्वीमान गुरुङलाई नियुक्त गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले उहाँहरूको नियुक्ति गरिसक्नु भएको छ ।