सिन्धुलीगढी – राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुलीगढीमा रहेको नेपालकै पहिलो सिन्धुलीगढी युद्ध सङ्ग्रहालयको आज उद्घाटन गर्दै हुनुहुन्छ । कमलामाई नगरपालिकासँगको सहकार्यमा निर्माण सम्पन्न सिन्धुलीगढी युद्ध सङ्ग्रहालय निर्माण भएको हो ।

नेपाली सेनाले एकीकरण मार्गको चाहना राष्ट्रिय एकताको भावना भन्ने मुल नाराका साथ एकीकरण मार्ग अन्तर्गतका इतिहास र ऐतिहासिक धरोहरको संरक्षण र संवर्द्धन गर्दै आएकोमा युद्ध कला सङ्ग्रहालय एक रहेको छ । २४ कात्तिक ०७६ मा उपप्रधान तथा रक्षा मन्त्रीले शिलान्यास गरी निर्माण कार्य प्रारम्भ भएको थियो । ६ करोड ५० लाखको लागत र करिब डेढ वर्षको अवधिमा सम्पन्न भएको उक्त सङ्ग्रहालय ६ हजार २७५ स्क्वायर फिटमा फैलिएको छ ।

२५ असोज सन् १८२४ मा आधुनिक नेपालका प्रणेता राष्ट्रपिता पृथ्वीनारायण शाहको राजनैतिक सोच साथै सैनिक कुशलताका कारण शक्ति सम्पन्न ईष्ट इण्डिया कम्पनीको विशाल फौजलाई विफल पारिएपछि नेपाल एकीकरण संभव भएको थियो । सङ्ग्रहालयमा लोपोन्मुख तथ्यपरक ऐतिहासिक घटनाक्रम, वीर योद्धाको परिचय र तत्कालीन समयमा प्रयोग भएका हातहतियार राखिएका छन् ।