काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप ३ हजार ८ सय ९९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १२ हजार ६ सय ५५ पीसीआर परीक्षण गर्दा २ हजार ७ सय २६ जना र ४ हजार ८ सय ६३ एन्टिजेन परीक्षण गर्दा १ हजार १ सय ७३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै गत २४ घण्टामा देशभर २० जना सङ्क्रमितको मृत्यु भएको छ । यससँगै देशभर हालसम्म कोभिडबाट मृत्यु हुनेको संख्या ९ हजार ७ सय ५८ पुगेको छ । देशभर हालसम्म २८ हजार ८ सय ३६ जना सक्रिय सङ्क्रमित छन् । आज १ हजार ७ सय ७८ जना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् ।