काठमाडौं – नेकपा एमालेका केन्द्रिय सदस्य गोकुल बाँस्कोटाले नेपालमा सङ्घीयताको एजेण्डा खुसुक्क घुसाइएको आरोप लगाएका छन् । सङ्घीयतामा कुनै देश किन गए भन्ने कुराको आर्थिक, सामाजिक, सांस्कृतिक, भौगोलिक र अन्य ऐतिहासिक पृष्ठभूमि नहेरी नेपालमा जनताको आमुल परिवर्तनको स्वप्नशील तागतभित्र यो एजेण्डा खुसुस्क घुसाइएको उहाँको आरोप छ ।

Gokul Prasad Baskota@GokulPBaskotaसंघीयतामा कुनै देश किन गए?हामीले आर्थिक,सामाजिक,सांस्कृतिक,भौगोलिक र अन्य ऐतिहासिक पृष्ठभुमी हेरेनौ।जनताको आमुल परिवर्तनको स्वप्नशील तागतभित्र यो एजेण्डा खुसुस्क घुसाईयो।नेपालमाभन्दा विदेशमा गोष्ठीहरुको बाढी आयो र हामी बगिरह्यौ।धर्म ,सस्कृति र राज्यवारे त छुट्टै वहस गर्नु पर्छ।

हिजो सोमबार मात्रै विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले सङ्घीयता खारेजी र धर्मनिरपेक्षताबारे जनमत सङ्ग्रह गरिनुपर्ने प्रस्ताव सार्वजनिक गरेका बेला एमालेका केन्द्रिय सदस्य बाँस्कोटाले सङ्घीयताको एजेण्डा खुसुक्क घुसाइएको बताउनुभएको हो । एमालेका केन्द्रिय सदस्य बाँस्कोटाले सङ्घीयतासँगै धर्म, संस्कृति र राज्यबारे छुट्टै बहस हुनुपर्ने बताउनु भएको छ । उहाँले सङ्घीयताबारे नेपालमाभन्दा विदेशमा गोष्ठीहरुको बाढी आएको र नेताहरु त्यसमै बग्दै आएको टिप्पणी गर्नुभएको छ ।