काठमाडौं — आज मङ्गलबार दिउँसो प्रतिनिधिसभाको बैठक बस्ने भएको छ । दिउँसो १ बजेको लागि बोलाइएको संसद सचिवालयले जानकारी गराएको हो ।

उक्त बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त राज्यमन्त्री नियुक्ति सम्बन्धी पत्र पढेर सुनाउने र प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगको वार्षिक प्रतिवेदन २०७६÷०७७ पेश गर्ने कार्यसूची रहेको छ । साथै आजको कार्यसूचीमा बैठकमा शोक प्रस्ताव पनि पेश गर्ने संसद सचिवालयले जनाएको छ ।