काठमाडौं– मनसुनी वायुको चक्रीय प्रणालीका कारण आज मङ्गलबार बदली भइ देशका धेरै स्थानमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


नेपालको पश्चिमी तराई क्षेत्रमा मनसुनी न्यून चापिय रेखा नजिक रहेकोले त्यस क्षेत्रमा पूर्ण बदली भै हल्कादेखि भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले पनि देशैभरको मौसम सामान्यदेखि पूर्ण बदली भएको छ । एक नं.प्रदेश, बागमती र गण्डकी प्रदेशका केही तथा अन्य प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यमवर्षा भैरहेको छ ।

दिउँसो पनि देशका अधिकांश क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रही हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । प्रदेश एक, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै पानी पर्नसक्ने सम्भावना रहेको छ । राति पनि देशका प्राय सबै क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रही हल्कादेखि मध्यम वर्षाको सम्भावना हरेको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा अत्यधिक पानी पर्नसक्ने सम्भावना रहेको हुँदा पहाडी क्षेत्रमा पहिरो खस्न सक्ने, खहरे खोलामा बाढी आउने र नदीहरुमा पानीको बहाव बढ्न सक्ने छ । खोला तथा नदीहरुमा पानीको सतह बढ्न सक्ने हुँदा नदी तटीय क्षेत्रमा विशेष सतर्कता अपनाउन पनि मौसमविद्ले ।

यसैबिच पहाडी भू–भूगमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाअउन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।