काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज देशभर गरी कुल तीन हजार चार सय २१ जना कोरोना भाइरसका नयाँ सङ्क्रमित भेटिएका छन् । कुल १२ हजार दुई ४० पीसीआर परीक्षण गर्दा दुई हजार तीन ९१ जनामा र पाँच हजार ३२ जनाको एन्टिजेन परीक्षण गर्दा एक हजार ३० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

यसैगरी पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरसबाट सङक्रमित हुनेमध्ये २५ जना सङ्क्रमितको मृत्यु भएको छ । यो सङ्ख्यासँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या नौ हजार तीन सय ३८ पुगेको छ । पछिल्लो २४ घण्टामा एक हजार छ ८६ जना कोरोना भाइरसको सङ्क्रमणमुक्त भएका छन् । हाल देशभर २७ हजार नौ सय आठ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले जनाएको छ ।

यसैबीच काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो भएसँगै कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा उपत्यकामा मात्र नौ सय ९९ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा छ सय ७७, भक्तपुरमा एक सय २५ र ललितपुरमा एक सय ९७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।