काठमाडौं –पार्टी आधिकारिक रुपमा पार्टी विभाजन हुने क्रममा रहेको जनता समाजवादी पार्टी (जसपा) कार्यकारिणी सदस्य रेशम चौधरी ’हेड काउन्ट’ का लागि निर्वाचन आयोग पुगेका छन् । हत्या अभियोगमा डिल्ली बजारस्थिर कारागारमा थुनामा रहेका चौधरीलाई कडा सुरक्षा घेराभित्र राखेर सनाखतको लागि निर्वाचन आयोग लगिएको हो । जसपामा आधिकारिकताको विषय टुङ्ग्याउन निर्वाचन आयोगले आज कार्यकारिणी सदस्यहरुलाई सनाखतका लागि आयोग बोलाएको छ । यसैक्रममा चौधरीलाई सुरक्षा निकायले डिल्लीबजार कारागारबाट आयोगमा लगेको हो ।


सनाखतको लागि आयोगले जेलमा पुगेर उनको सनाखत गर्ने तयारी गरेको थियो । तर चौधरीले आयोगमा गएर मात्र सनाखत गर्ने अडान लिएपछि उनलाई आयोगमा ल्याइएको हो । टीकापुर घट्नामा मुख्य दोषी ठहर गर्दै अदालतले चौधरीले जन्मकैदको फैसला सुनाए पछि उनी काराकार जीवन विताइरहेका छन् । कैलालीको टीकापुरमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक सहित ११ जनाको हत्या भएको अभियोगमा जसपाको उनी सांसद समेत हुन् । उनको सांसद पद यतिबेला निलम्बनमा रहेको छ । जसपाले उनलाई जेल मुक्तगर्न सरकारसँग माग गर्दै आएको छ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उक्त मुद्दा फिर्ता लिएर हत्या अभियोगमा परेका रेशम चौधरीलाई रिहा गर्ने प्रक्रियाकै बीच सरकारबाट बहिर्गमन हुनुपर्यो । वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि टीकापुर घटना राजनीतिक घटना भएको भन्दै जसपाका सांसद् चौधरीलाई रिहा गर्न सहमत छन् ।