काठमाडौं– मनसुनी वायु सक्रिय भएसँगै मुलुकभरको मौसममा बदली भै पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार देशैभरको मौसममा सामान्यदेखि पूर्ण बदली भइ धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले उल्लेख गरेको छ ।

देशभर मनसुनी वायुको प्रभावका कारण अहिले सामान्यदेखि पूर्ण बदलीको भै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा अन्य प्रदेशका केही भागमा बिहानदेखि नै पानी परिरहेको छ । आज दिनभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ । सुदूरपश्चिम प्रदेशका केही भागमा मुसलधारे पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् ।

सोमबार राति पनि देशैभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति प्रदेश १ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । आजदेखि बुधबारसम्म मनसुन सक्रिय हुने भएकाले देशैभर बदली भै छिटफुटदेखि भारी वर्षा हुनसक्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।