काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले एक जना राज्यमन्त्री नियुक्त गरेर दोस्रो पटक मन्त्रिमण्डल विस्तार गर्नु भएको छ । प्रधानमन्त्री देउवाले शिक्षा क्षेत्रमा लामो समय खर्चनु भएका नेपाली काङ्ग्रेसका सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । स्वास्थ्य मन्त्रीको जिम्मेवारी आफैंले लिनुभएका प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्मा अरु मन्त्रीहरु थप गर्न सक्नुभएको छैन ।