काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार दुई ३७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ भने १८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार १० हजार ५६९ पीसीआर परीक्षण गर्दा १ हजार ५३९ जना र ३ हजार २६५ एन्टिजेन परीक्षण गर्दा ६९८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।


यसैगरी पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६२४ जना कोरोना सङ्क्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा ४६८ जना, भक्तपुरमा ६७ जना र ललितपुरमा ८९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।


हाल देशभर २७ हजार २२८ जना सक्रिय सङ्क्रमित रहेका छन् भने अहिलसम्म नेपालमा कोरोना भाइसर सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ९ हजार ७१३ पुगेको छ । पछिल्लो २४ घण्टामा २ हजार ५० जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् ।