काठमाडौं— निषेधाज्ञा खुकुलो भएसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमण बढ्न थालेको छ । मुलुकभर पछिल्लो २४ घण्टामा थप तीन हजार एक सय १४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमणबाट आज १६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १४ हजार नौ सय १० जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट दुई हजार तीन सय नौं जना र एन्टिजेन विधिबाट आठ सय पाँच जनामा सङ्क्रमण पुष्टि भएको हो ।

नेपालमा हालसम्म पीसीआर विधिबाट ६ लाख ७९ हजार १७ जना र एन्टिजेन विधिबाट ५४ हजार २४३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भइसकेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हाल देशभर होम आइसोलेसनमा २५ हजार ८६ जना, संस्थागत आइसोलेसनमा २ हजार ६७१ जना, आईसीयूमा ६५० जना र भेन्टिलेटरमा १६५ जनाको उपचार भैरहेको छ ।

पछिल्लो २४ घण्टामा २ हजार १९७ जनाले कोरोना भाइसरको सङ्क्रमणबाट निको भएर घर फर्किएका छन् । हालसम्म कूल सङ्क्रमितमध्ये ७ लाख ४१ हजार ५६५ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । नेपालमा निको हुने दर ९४.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोना भाइरसको सङ्क्रमणकै कारण ज्यान गुमाउनेको सङ्ख्या ९ हजार ६९५ पुगेको छ । नेपालमा कोरोना भाइरसको सङ्क्रमणकै कारण मृत्युहुने दर १.५ प्रतिशत रहेको छ ।