काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार आज शनिबार देशभरको मौसममा सामान्यदेखि पूर्ण बदली हुने छ । देशका केही क्षेत्रमा सामान्यदेखि मध्यमखालको वर्षा हुनसक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले जारी गरेको सूचना अनुसार बागमती प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । शनिबार राति पनि देशभर सामान्यतया बदली रहेर केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
अहिले बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली र अन्य प्रदेशहरुमा सामान्य बदलीको सम्भावना रहेको छ । हाल नेपालमा देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको मौसमविदले जानकारी दिएका छन् ।